काठमाडौँ, २६ पुस
काठमाडौंको बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालका-१० घर भई तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपाने रहेकी छन् ।
मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ हजार दरको ५ थान नक्कली नोट बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








