उदयपुर, २३ पुस
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगर रहेका छन् ।
मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।








