सुनसरी, २३ पुस
सुनसरीबाट ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशि गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् । को २ त ६८९० नम्बरको ट्याक्टरमा गाँजा लोड गरेर भारत लैजाने क्रममा उनीहरु आइतबार राती पक्राउ परेका हुन् ।
सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट झन्डै तीन क्विन्टल गाँजा बरामद गरिएको छ। भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








