२० पुस, जनकपुरधाम ।
सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ ।
बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिसम्बन्धी विषयलाई लिएर भएको विवादमा झडप हुँदा १ जनाको मृत्यु भएपछि कर्फ्यू आदेश जारी गरिएको हो । झडपमा प्रहरीसहित ७ जना घाइते भएका छन् ।
कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न , भेला हुन र बाहिर हिलडुल गर्न पाउने छैनन् ।








