रौतहट, २० पुस
व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम मागेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह रहेका छन् ।
साहले एक व्यापारीलाई ज्यान मार्ने धम्की दिएर ५० लाख रुपैयाँ मागेको आरोप छ ।
उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








