१९ पुस, काठमाडौं ।
विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् ।
माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् ।
प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश क्रिकेट संघलाई सिफारिस गरेको थियो ।
सोही सिफारिसमा आपत्ति जनाउँदै विद्यार्थीले तोडफोड गरेका छन् ।








