७ फागुन, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता कार्यकर्ताले कचकच गरेको भन्दै टिप्पणी गरेका छन् ।
कर्णालीको सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जतिबेला जनता जाग्यो त्यतिबेला कचकच गर्न पाइँदैन । सबै मिले हुन्छ । रास्वपा एक्लै लड्छ । रास्वपासँग डराउनुपर्ने जो हो डराए हुन्छ जनता डराउनुपर्दैन,’ उनले भने, ‘रास्वपाले युनिभर्सिटीमा दलका ब्यानर निकालेर पढाइढ मात्रै गर्न खोजेको हो ।ठेक्का लिएको बाटो समयमै निर्माण गर्ने वातावरण खोजेको हो ।’








