काठमाडौँ, १८ पुस
जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् ।
जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।
उनको खोजीका लागि टोली परिचालन गरिएको काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
खड्का डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए ।








