काठमाडौँ, १८ पुस
मःम पसलमा काम लगाइदिन्छु भन्दै मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न एकजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका-१३ ठेगाना भएका ४३ वर्षीय हरि नेपाली रहेका छन् ।
दर्जीले भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रुपैयाँ तलबमा काममा लगाइदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काँकडभिट्टा हुँदै भारत कलकत्ता पुर्याई पीडितलाई झुक्याई अस्पताल लगी बेहोस पारी मानव अङ्ग मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेका थिए । त्यसपछि फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








