काठमाडौँ, १७ पुस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।
मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन ।
उनले नियोजित रूपमा आफूविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा हालेको बताएका छन् ।
सामाजिक सञ्जालमा तारिख पर्चासहित सार्वजनिक गरेका रविले आफू जीवनभर प्रेस स्वतन्त्रताका पक्षमा लड्ने उद्घोष गरेका छन् ।
मुद्दामा कान्तिपुर पब्लिकेसन, पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई-कान्तिपुर डटकम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








