दाङ, १५ पुस
दाङमा बस दुर्घटना भएर घाइते हुनेको संख्या ३५ पुगेको छ ।
यसअघि दाङ प्रहरीले २० जना घाइते भएको जनाएको थियो । अहिले १५ जना थपिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार तुलसीपुर उपमहानरपालिका १३ पिपरुवाबाट चखौरा जाँदै गरेको भे१ख २०४१ नम्बरको बस आइतवार विहान ७ बजे दुर्घटना भएको हो ।
घाइते सबैलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।








