काठमाडौँ, १३ पुस
ललितपुरको बालकुमारी क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरूले शुक्रबार मध्याह्न मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार उनी बालकुमारी क्षेत्रमा पुगेपछि प्रदर्शनकारीले रोकेका थिए । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए । मन्त्री र सुरक्षाकर्मीलाई गाडीबाट ओर्लिएपछि युवाहरूले मन्त्रीको गाडीमा आगनजी गरेका हुन् ।
आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन ।








