काठमाडौँ, १३ पुस
काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट एक महिलालाई प्रहरिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ रहेको प्रहरीले जनाएको छ।
१ हजार दरको २४ थान नक्कली नोटसहित बिहिबार राति उनि पक्राउ परेकी हुन् । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।








