काठमाडौँ, ११ पुस
सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको एक कोठामा विद्युत् शर्ट भएर आगलागी भएको छ।
बुधवार दिउँसो साढे २ बजेको समयमा वन मन्त्रालयमा आगलागी भएको हो ।
प्राविधिक उपसचिव परशुराम पौडेलको कोठामा विद्युत् शर्ट भएको मन्त्रालयको एक कर्मचारीले जानकारी दिए । तत्कालै नियन्त्रणमा लिएको कारण कुनै पनि क्षति नभएको उनले बताए ।








