पर्वत, ११ पुस
सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् ।
उनलाई बुधबार दिउँसो कार्यालयबाटै नियन्त्रणमा लिएको पर्वत प्रहरीले जनाएको छ। पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार अहिले उनलाइ मेडिकल गर्नको लागि जिल्ला अस्पताल पर्वत लगिएको छ ।
पोखरामा रहेको मित्रमिलन बचत तथा ऋण सहकारीको पैसा हिनामिना गरेको आरोप पराजुलीमाथि छ ।
कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेर कास्की पठाउन लागेको हो ।
आफूविरुद्ध पक्राउ पूर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली केही समय फरार थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








