ताप्लेजुङ, ११ पुस
जङ्गलबाट हातहतियारसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाथिभरा याङवरक गाउँपालिका-१ बस्ने मौसम खिमदिम र अर्को एकजना रहेका छन् ।
उनीहरुलाई त्रिवेणी भन्ने जङ्गलबाट प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट दुई नाले भरुवा बन्दुक १ थान, एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरू बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।








