काठमाडौं, फागुन ७-
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४३ सयले बढेको हो ।
योसँगै आजका लागि सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन हिजो सुन तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन चार हजार ८८० रुपैयाँ थियो ।








