काठमाडौं ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजु लामाले जानकारी दिए ।
दुर्घटनामा सेनाका २४ जना घाइते भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालकसहित २६ जना सवार थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








