आज मिति २०८२ वैशाख २६ गते, शुक्रवार, ९ मे २०२५। वैशाख शुक्लपक्ष द्वादशी तिथि, १५ः४३ बजेपछि त्रयाेदशी। हस्त नक्षत्र। चन्द्रराशि कन्या।
मेष : दिन सामान्य राम्रो छ । विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ । औषधी नियमित गर्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ । परिवारसँगको सहकार्य सहज बन्नेछ भने शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सोचेका काम बन्नेछन् ।
मिथुन : आफ्नै बोलीले समस्या हुने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । सम्पत्तिका पछाडि लाग्दा इज्जतमाथि प्रश्न उठ्ने जोखिम छ ।
कर्कट : दिन राम्रो छ । सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । शिक्षा क्षेत्रमा थप मिहिनेत गर्न सके प्रगति हुनेछ । संकटमा आफन्तको साथ मिल्नेछ ।
सिंह : साथी विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्ने छ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । अध्ययनमा जोस र जाँगर बढ्नेछ ।
कन्या : मन प्रशन्न हुने दिन छ । राजनीतिक बाहेक सबै क्षेत्रमा सुधार हुनेछ । धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
तुला : शिक्षामा गरेको श्रमको उचित मूल्यांकन हुनेछ । विपक्षी भनेका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको सल्लाह लिएर अगाडि बढेमा दीर्घकालसम्मको योजना सफल बन्नेछ ।
वृश्चिक : दिन राम्रो छ । बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त बन्नेछ । शिक्षामा गहिरो अध्ययन देखेर साथीभाइले तपाईंको प्रशंसा गर्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।
धनु : राजनीतिक क्षेत्रमा साथीभाइले घेराबन्दी गर्ने जोखिम छ । बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । आमदानीका दृष्टिले विदेशबाट फाइदा हुनेछ ।
मकर : रोगबाट मुक्त हुने दिन छ । यथार्थ भन्दा धेरै नबोल्नु राम्रो हुनेछ । परिवारमा गोपनीयता सुरक्षित गर्नुपर्नेछ । शिक्षा क्षेत्रमा लगानी गरेको भए नाफा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
कुम्भ : संकटको सामना गर्नुपर्र्ने दिन छ । मन अशान्त बन्नेछ । नराम्रो कुरा बढी आउँदा मनमा छटपटी हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । विपक्षी साथीबाट जोगिएर काम गर्नुपर्नेछ ।
मीन : सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ । शनिदेवका कारणले साथीले तपाईंको कुरा काट्नेछन् । सहकर्मीबाट जोगिएर काम गर्नुपर्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।