काठमाडाैं चैत १,
कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








