काठमाडाैं, फागुन २९
जनमत पार्टीले इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेश सभा क्षेत्र नं १ (क) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
सो पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने भएको छ ।








