जनकपुर, २९ फागुन
जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस अवस्थाभा भेटिएकी एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार रहेकी छन् । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुईजना युवक फरार भएका छन् ।
रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डिएसपी रञ्जन अवाले बताए ।
युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेका भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले जानकारी दिए ।