सिरहा, २६ फागुन
सिरहामा जाँतो प्रहारबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा न्यूस्टार होटेलका सञ्चालक महेन्द्र साहकी श्रीमती वर्ष ३२ की अनितादेवी साह रहेकी छन् ।
गएराति पौने २ बजे जाँतोले प्रहार गरी अनिताको हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्याल सिराहाका प्रहरी निरीक्षक उदयमान दुवेदीका अनुसार उनका श्रीमानको अचेत अवस्थामा उपचार भइरहेको छ ।
“हत्या श्रीमान् श्रीमतीको आपसी झगडाका कारण भएको हो वा अन्य कोही व्यक्तिको आक्रमणबाट भएको हो पत्ता लागेको छैन” दुवेदीले भने ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








