Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ०२, २०८२
☰
Logo शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ७. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ८. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ९. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

  • १०. काठमाडौंबाट ओखलढुंगा छुटेको बस तामाकोशी नदीमा खस्यो

आज महाशिवरात्रि : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ, २५ फागुन
आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवान्को दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रवन्ध मिलाएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा रहेको छ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सव कमण्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्री पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको छ ।

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहेको छ भने भने सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने जनाइएको छ । यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङ्कराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वाग्मती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।

यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ । पशुपतिनाथको दर्शनका लागि यस पटक नौवटा ¥याम्प (बाटो) को व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताउनुभयो । उहाँका अनुसार उत्तरपट्टी तीन वटा, पूर्वपट्टी दुई वटा, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई वटा ¥याम्पको व्यवस्था गरिएको छ ।

उता पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइएको जनाइएको छ ।

सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइए कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्री वितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको दर्शन तथा पूजा आराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको जनाएको छ । बत्तिसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङगलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।

यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । साथै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ । मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको छ । पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ ।

यही फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ । पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको जनाइएको छ । राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

ताजा समाचार

सबै

भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

हङ्गेरी पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

भरतपुरस्थित डाक्टर साथी प्याथोलोजीमा फागुन १ गतेदेखि एक सातासम्म निःशुल्क स्वास्थ्य शिविर

प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

गैँडाकोटमा सुरु भयो राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.