बाँके, २४ फागुन
बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जानकी ३ रुद्रपुर नयाँ बस्ती बस्ने सन्तोष कठरिया थारु रहेका छन् ।
गए राति ५-७ जनाको समूहमा लुटपाटका लागि आएकालाई प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको हो। लुटेरा समूहले उनलाई चिर्पटले आक्रमण गरेका थिए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराक अनुसार मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएकि छन् ।
लुटेरा समूहले उनको घरबाट सुनको फुली र नगद ४० हजार लागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको छ ।








