काठमाडौं, फागुन २३
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाबाट सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
बुधबार राष्ट्रपति निवासमा शपथ ग्रहणपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्दै उनले ७७ वटै जिल्लामा सरकारी जग्गा हडप्नेहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन्।
उनले निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा ७७ वटै जिल्लामा सरकारी जग्गालाई फिर्ता ल्याउन गरिएको परिपत्रलाई नै कार्यान्वयन गर्न पहिलो निर्णय गरेको बताए।
‘यसअघि नै निर्णय भएको छ। कसैले अनधिकृत रूपमा देशको जग्गा, सरकारको जग्गा, सरकारको सम्पत्ति हडपेर बसेको छ भने, त्यसलाई निर्ममभन्दा निर्मम कारबाही गर्न म निर्देशन दिन चाहन्छु,’ उनले भने।