काठमाडौँ, २३ फागुन
पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापालाई पक्राउ गरेको हो ।
थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचाल पठाइएको प्रहरीले जानकारी दिएको छ ।








