काठमाडाैं फागुन ५,
आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले जीतका लागि १ सय ३८ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रनमात्रै बनायो ।
नेपालका लागि खेलको तेस्रो बलमै सोमपाल कामीले पहिलो विकेट लिएका थिए ।
यस्तै, नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए ।