काठमाडौँ, १२ माघ
काठमाडौंको नयाँ बानेश्वर चोकमा गुडिरहेको बसको चक्का एक्कासी सडकमा भासिएको छ।
रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको हो ।
यात्रुहरु सकुशल रहेको ट्राफिक प्रहरीले जनाएको छ। सडकको बीचमा रहेको बसलाई त्यहाँबाट हटाउने कार्य भईरहेको छ ।
निर्माण सम्पन्न भएको एक वर्षमै सडकका विभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको छ ।








