काठमाडौँ, १२ माघ
हनुमानढोका स्थित प्रहरीको हिरासतबाट लागु औषध कारोबारीलाई भगाएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । तत्कालीन प्रहरी जवान बिरवलराय यादव १६ वर्षपछि कलकत्ताबाट पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज शुक्रबार पत्रकार सम्मेलन गरेर यादवलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
रौतहटको पथराबुधराम–३ घर भएका बिरवलरायले लागु औषध कारोबारीलाई हिरासतबाट भाग्न सहयोग गरेर आफू पनि सँगै भागेका थिए । कारोबारीसँग रकम लिएर उनले भगाएको आरोप छ ।








