म्याग्दी, १२ माघ
म्याग्दीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजा रहेका छन् । साथी-साथीबीच झगडा हुँदा गर्वुजाको छातीमा खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झगडाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनामा संलग्नहरुको खोजी भईरहेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।








