धरान, ११ माघ
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर साम्पाङले काममा व्यस्त भएको भन्दै मतदान नगर्ने भएका हुन् ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि मतदान नगर्ने भएका छन् । बालेन र हर्क गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका थिए ।








