काठमाडौँ, ११ माघ
राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहिष्कार गरेका छन् । कार्य व्यस्तताले गर्दा भोट हाल्न जान नभ्याउने भन्दै बालेनले निर्वाचन बहिष्कार गरेका हुन् ।
बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा बालेन व्यस्त छन् । उपमेयर सुनिता डंगोल भने भोट हाल्न हेटौंडा पुगिसकेको स्रोत जानकारी दियो ।
बालेन गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट काठमाडौं महागनरपालिकाको प्रमुखमा विजयी भएका थिए भने सुनिता एमालेबाट विजयी भएकी थिइन् ।
आज बिहान ९ बजेदेखि राष्ट्रियसभा सदस्यका लागि हेटौंडामा मतदान भईरहेको छ।








