कालिकोट, ११ माघ
कालिकोटमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका-२ बस्ने २९ वर्षीय रबिन्द्र विश्वकर्मा रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








