काठमाडौँ, १० माघ
‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु भएको छ ।
रौतहटबाट सिन्धुलीको डकाहा जाँदै गरेका ती किशोरीका बुवा सवार बा.५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
किशोरीका बुवासँगै आएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकलाई पनि ट्याक्टरले ठक्कर दिएको छ । सो मोटरसाइकलका चालक सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
भिमानतर्फ जाँदै गरेको प्रदेश–२–०४–००१ ट–००१० नम्बरको ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।








