धनगढी, १० माघ
धनगढीमा एक व्यापारीले पाँच तले घरकाे छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।
धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले घरको छतबाट हाम फालेका हुन् । उनको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








