सल्यान, १० माघ
सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
२८ वर्षीया सीमा कुँवर भन्ने पार्वती कुँवरको हत्या गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुन पक्राउ परेका छन् ।
पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
उनलाई छत्रेश्वरी गाउँपालिका–५, ढाकुडाँडास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको हो । आपसी झै–झगडामा सीमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








