ललितपुर, १० माघ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका तीनजना कर्मचारीलाई दुई लाख पचास हजार घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कार्यालयका सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी रहेका छन् ।
उनीहरुलाई मंगलबारनापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।








