पोखरा, माघ ९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर नै सत्ताका लागि मारामार भएको बताएका छन्।
नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले सत्ता सबलाई आवश्यक पर्ने भन्दै उनले सत्ताका लागि चुनाव जित्नुपर्ने बताए।
‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ,’ उनले भने, ‘चुनाव लड्नुपर्छ, जनतामा जानुस्, जनतालाई सम्पर्क गर्नुस्।’
कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले नेपालमा सहकारी सुरू गरेको भन्दै उनले कांग्रेसको पक्षमा सहकारी ल्याउनुपर्ने बताए।
‘सहकारी हामीले सुरू गरेका हौं, फेरि हाम्रो पक्षमा ल्याउनुपर्यो,’ उनले भने, ‘सहकारीमा देखिएका समस्या समाधान गरेर ठीक ठाउँमा ल्याउनुपर्छ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार