काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिएको हो । पार्टी प्रदेश संसदीय दलका नेता तथा शिक्षामन्त्री महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै सो जानकारी दिए ।
मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।
“चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्तासहित मन्त्रीद्वयको राजीनामा, दमन र भ्रष्टाचारकोविरूद्ध आन्दोलन थालिनेछ,” जनमतले भनेको छ ।