काठमाडौँ, ९ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध उजुरी दिइएको छ । लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिइएको हो ।
सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफल दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् ।
सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन् ।









