कैलाली, ९ माघ
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार बर्दगोरीया गाउँपालिका–५ बस्ने २१ वर्षीय कालु विक रहेका छन् । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप विक घाइते भएका छन् ।
घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित पूर्वपश्चिम राजमार्गमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
प्रदीपको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








