काठमाडौँ, ७ माघ
त्रिभुवन विमानस्थलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा घर भएका खगेन्द्र दर्जी रहेका छन् । दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
प्रहरीले दर्जीको साथबाट करिब आधा किलो (४९९ ग्राम) सुन बरामद गरेको छ । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।








