काठमाडाैं, माघ ७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।
अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिन युगान्डा पुगेका उनी आज बिहान स्वदेश फर्किएका हुन् ।
उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलामा सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गरेका थिए ।