मोरङ, ४ माघ
मोरङमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २४ बर्षिय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-६ बस्ने संयोग चौधरी रहेका छन् । चौधरीले ती किशोरीलाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।