बनेपा,४ माघ
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षलाई १५ लाख घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नृपेश बादे रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो ।
बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् ।








