दाङ पुस २८
दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् ।
नेपालगन्जबाट काठमाडौँका लागि हिँडेको यात्रुबाहक बस शुक्रबार राति राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट नदीमा खसेको हो ।
भे १ ख ३९१२ नम्बरको उक्त बसमा सवारमध्ये १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै १७ जनाभन्दा बढी घाइते भएको भन्दै प्रहरीले उद्धार गरेर विभिन्न अस्पतालमा पठाइएको जनाएको छ ।
तीव्र गतिको बस पुलको रेलिङ क्रस गर्दै नदीमा खस्न पुगेको बताइएको छ । बसमा करिब ३५ जना सवार रहेको भन्दै प्रहरीले मृतक र घाइतेको विवरण संकलन गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








