चितवन,२६ पुस
बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको पहिचान खुलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन् ।
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेका दिवश सापकोटा निलम्बनमा परेका हुन् ।
बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख हो। ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले जारि गरेको सुचनामा उल्लेख गरिएको छ।
सापकोटाले गौशालाको २६ भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा तस्बिर राखेका थिए ।
गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ ।