बर्दिया, २६ पुस
बर्दियामा आगो बालेर सुत्दा ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजापुर नगरपालिका ५ झप्टी बस्ने सोहनी थारु रहेका छन् । सुत्ने कोठामा बालिएको आगो ओछ्यानमा सल्किँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
चिसोबाट बच्नको लागि आगो बालिएकोमा महिलाले ओढेको ब्लाङकेट आगोमा परेको हो ।
ब्लाङकेटबाट लागेको आगोले महिला जलि घाइते भएकामा उपचारको क्रममा नेपालगंजस्थित कान्ति आरोग्य अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।








