उदयपुर, २५ पुस
२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने आरोप उनीहरुमाथि छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








